८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मुस्लिम वाहुल्य देशका नागरिकलाई अमेरिका आउन नदिने ट्रम्पको निर्णय सदर


0
Shares

काठमाडौं, असार १३ । अमेरिकाको सर्वोच्च अदालतले केही मुस्लिम वाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णय सदर गरेको छ ।

मुस्लिम वाहुल्य ६ वटा देशसहित विभिन्न आठ देशका यात्रुविरुद्ध राष्ट्रपतिले लगाएको प्रतिबन्ध सर्वोच्च अदालतको झिनो बहुमतको फैसलाले सदर गरेको हो ।

सर्वोच्च अदालतका ९ जना न्यायाधीशको इजलासमा सुनुवाई भएको सो विषयमा राष्ट्रपति ट्रम्पले गरेको निर्णयका पक्षमा ५ जना न्यायाधीश देखिएका थिए ।

यसलाई ट्रम्पको राष्ट्रपतीय कालमा हालसम्मकै सबैभन्दा ठूलो विजयमध्येको एक मानिएको छ ।

मुद्दाको फैसला लेख्न न्यायाधीश जोन रोबर्टस्ले मुस्लिम वाहुल्य भएका देशका नागरिकलाई अमेरिकामा आउन नदिने ट्रम्पको निर्णय राष्ट्रपतिको अधिकारको विषय भएको बताएका छन् ।

अदालतको फैसलामा राष्ट्रपतिले लागू गर्न खोजको यात्रा प्रतिबन्धबाट अमेरिकी आप्रवासन कानुन वा देशको संविधानको प्रथम संशोधन बमोजिम सरकारले कुनै पनि धर्मको पक्ष लिन नहुने भन्ने प्रावधानको उल्लंघन नभएको उल्लेख छ

पाँच जना न्यायाधीशहरुको समर्थनसहित एक मतको बहुमतबाट आफ्नो नीतिको पक्षमा फैसला आएपछि राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् खुसी व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले गत वर्ष सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।

राष्ट्रपतिको निर्णय गैरकानुनी भएको भन्दै त्यसलाई अदालतमा पु¥याइएको थियो । तल्ला तहका अदालतले भने राष्ट्रपतिको निर्णय गलत ठह¥याएका थिए ।

तर, सर्वोच्च अदालतले राष्ट्रपतिको निर्णयलाई सदर गरेपछि अमेरिकामा यो विषयको बहस तत्कालका लागि अन्त्य भएको छ ।(एजेन्सी)