१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


दमासकस विमानस्थलनजिकै इजरायली क्षेप्यास्त्र


0
Shares

दमासकस, असार १२ । सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मंगलबार बिहान सबेरै दुईओटा क्षेप्यास्त्र हानिएको छ ।

ती क्षेप्यास्त्र इजरायलले हानेको सिरियाली सरकारी सन्चारमाध्यमले जनाएको छ ।

सिरियाको सरकारी समाचार समिति ‘साना’ले मंगलबार दमासकस अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इजरायलले दुईओटा क्षेप्यास्त्र आक्रमण गरेको जानकारी दिएको छ ।

मानवअधिकारवादी समूह ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का प्रमुख रामी अब्देल रहमानले एएफपी समाचार समितिलाई विमानस्थलनजिकै रहेको हिज्बुल्लाहहरुको सशस्त्र हातहतियार भन्डारण गरिएको स्थानलाई लक्षित गरेर यो क्षेप्यास्त्र आक्रमण भएको बताएका छन् ।

बिनाकारण गरिएको यो क्षेप्यास्त्र आक्रमणले उक्त हातहतियार भन्डार केन्द्रलाई लक्षित गरेको पनि रामीले दमासकसस्थित विदेशी सन्चारमाध्यमका समाचारदाताहरुलाई बताएका छन् । रासस/एएफपी