
काठमाडौं, असार १२ । पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनेजीर भुट्टोको हत्यामा संलग्न भएको आरोप लागेका तालिवान लडाकु इक्रामुल्लाह एउटा भिडियोमा देखिएका छन् ।
पाकिस्तानका तालिवानको आधार क्षेत्र मानिने पुर्वी अफ्गानिस्तानमा उक्त भिडियो खिचिएको बीबीसीले जनाएको छ ।
पाकिस्तानमा आतंककारीको सूचीमा सर्वाधिक खोजिएका इक्रामुल्लाहले भुट्टो हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
तर भुट्टोका सहयोगी पूर्वआन्तरिक मन्त्री रेहमान मलिकले भने इक्रामुल्लाहले पूरै ढाँटेको दाबी गरेका छन् ।
भुट्टोलाई हत्या गर्न जाने टोलीमा रहेका इक्रामुल्लाहले पहिलो आक्रमणकारी सफल नभए आफैंलाई विष्फोट गराएर भुट्टोको हत्या गर्ने योजनामा रहेको विश्वास गरिन्छ ।
तर पहिलो आक्रमणकारीले आफैंलाई विष्फोट गराएर भुट्टोलाई हत्या गरेपछि उनी भिडबाट बाहिरिएको अधिकारीहरुले भनाई छ ।
सन् २००७ मा रावलपिण्डीमा आयोजित ¥यालीमा भएको उक्त आक्रमणमा भुट्टो सहित २० जना मारिएका थिए ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्