मेक्सिकोमा मेयरका उम्मेदवारको हत्या आरोपमा शहरभरीका प्रहरी पक्राउ • Image Khabar Image Khabar


मेक्सिकोमा मेयरका उम्मेदवारको हत्या आरोपमा शहरभरीका प्रहरी पक्राउ


Imagekhabar
११ असार २०७५, सोमबार ०१:४७

मेक्सिकोमा मेयरका उम्मेदवारको हत्या आरोपमा शहरभरीका प्रहरी पक्राउ

काठमाडौं, असार ११ । मेक्सिकोको ओकाम्पो शहरमा एक जना मेयरका उम्मेदवारको हत्यामा संलग्न भएको आरोपमा शहरका पूरै प्रहरी पक्राउ परेका छन् ।

मेयरका उम्मेदवार ६४ वर्षीय फर्नान्डो अन्जेल्स् जुवारेजलाई गत विहिवार आफ्नै निवासअघि अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका थिए ।

पश्चिमी राज्य मिकाकेनमा एक हप्ताभित्र मारिने व्यापारिक पृष्ठभूमिका एन्जेल्स् तेस्रो नेता हुन् ।

हत्याकाण्डमा संलग्न भएको आशंकामा संघीय सुरक्षाकर्मीले ओकाम्पो शहरका २७ प्रहरी अधिकृत र सार्वजनिक सुरक्षा सचिव अस्कर गोन्जालेजलाई पक्राउ गरेको छ ।

स्थानीय सुरक्षा सचिव गोञ्जालेजलाई पक्रन पुगेको संघीय प्रहरीलाई स्थानीय प्रहरीले रोकेपछि अर्को दिन थप संघीय सुरक्षाकर्मी पुगेर गोञ्जालेजसहित सबैलाई पक्राउ गरिएको हो ।

सरकारी अभियोजनकर्ताहरुले गोञ्जालेजसहित प्रहरी अधिकृतहरुको आपराधिक समुहसँग साँठगाँठ रहेको आरोप लगाएका छन् ।

मेक्सिकोमा आगामी आइतवार १ हुने आमचुनाव अघि एक सयभन्दा बढी राजनीतिज्ञको हत्या भैसकेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्