बंगलादेशको ढाकास्थित एक अदालतले बिहीबार उनलाई पाँच वर्षको जेल सजाय तोकेको हो । ७२ वर्षीया जियाले बंगलादेशको बालबालिकाको संस्थाको रकम हिनामिना गरी भ्रष्टाचार गरेको ठहर अदालतले गरेको छ । अदालतको यो निर्णयमा नेता जियाले भने आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको प्रतिक्रिया दिएकी छन् । सुनुवाइकाक्रममा अदालत परिसरमा भेला भएका उनका समर्थकहरुले अदालतको निर्णयविरुद्व प्रदर्शन गरेपछि सुरक्षाकर्मीले…