
काठमाडौं, असार ९ । इथियोपियामा नयाँ प्रधानमन्त्री आबी अहमदले सम्बोधन गरिरहेको एउटा कार्यक्रममा विस्फोट हुंदा धेरै जनाको मृत्यु भएको छ ।
मृतकको संख्याबारे स्पष्ट जानकारी आइसकेको छैन । विष्फोटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार सहित ८३ जना घाईते भएका छन् भने ६ जनाको अबस्था गंभीर छ ।
राजधानी अदिस अबाबाको मुख्य चोकमा हजारौं मानिस सहभागी कार्यक्रममा ग्रिनेड प्रहार गरिएको अनुमान गरिएको छ ।
विष्फोट लगत्तै प्रधानमन्त्री अहमदलाई सुरक्षित स्थानमा लगिएको थियो ।
प्रधानमन्त्री अहमदले विष्फोटलाई इथियोपिया एकतावद्ध भएको देख्न नचाहने शक्तिको असफल प्रयास भन्नु भएको छ ।
गत फेब्रुअरीमा तत्कालीन प्रधानमन्त्री हाइलेमारियम डेसालेग्नले अप्रत्यासित रुपमा राजीनामा दिएपछि अहमद प्रधानमन्त्री बनेका थिए ।
सयौं जना मारिने गरि तीन वर्षसम्म भएको सरकार विरोधी प्रदर्शनको अग्रभागमा रहेको आदिवासी ओरोमो समुदायबाट उहां पहिलो प्रधानमन्त्री बनेका हुन ।
प्रधानमन्त्री बनेलगत्तै उहांले बन्द गरिएका सयौं वेभसाइड, टेलिभिजन च्यानलहरु पूनः खोल्ने अनुमति दिने लगायतका सुधारका काम सुरु गरेका छन् ।
अहमले सन् २००० मा दुई वर्षे सशस्त्र द्वन्द्वपछि इरिट्रिया समुहसंग गरिएको शान्ति सम्झौता लागु गर्न तयार रहेको बताएका छन् ।
इथियोपिया सरकारलाई मानवअधिकार उल्लंघन र राजनीतिक बन्दीको गैर न्यायिक हत्या गरेको आरोप लाग्ने गरेको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्