काठमाडौं । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अमेरिकाले हस्तक्षेपको योजना बनाइरहेको आरोप लगाएको छ । अमेरिकाले हसिलो अनुहार लिएर वार्तामा बस्ने तर आपराधिक षड्यन्त्रको तानाबाना बुनेर आक्रमण गर्ने गरेको पत्रिकाले आरोप लगाएको छ । यदि अमेरिकाले यस्तो गरे त्यो उसको गम्भीर भुल हुने चेतावनी दिइएको छ । आइतवार मात्र दक्षिण कोरियाको रेडियोले प्योङयाङमाथिको हस्तक्षेपको उद्देश्यका साथ…