
काठमाडौं, असार ११ । टर्कीको राष्ट्रपतिमा रिसेप तैयेप अर्दोगान दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
अर्दोगानले ५३ प्रतिशत मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।
उनका निकटतम् प्रतिद्वन्द्वी मुहर्रम इन्चेले ३१ प्रतिशत मत मात्र प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।
अर्दोगानले आफ्नो पार्टी एके पार्टीको शासकीय गठबन्धनले संसद्मा समेत बहुमत सुरक्षित गरेको दाबी गरेका छन् ।
तर विपक्षीले उनको दाबी गलत भएको बताएको छ । टर्कीमा राष्ट्रपति र संसदीय निर्वाचन एकै साथ भएको थियो ।
निर्वाचनमा विजयी भएपछि असफल सैनिक कू पछि संसद् समेतको शक्ति हत्याएर विपक्षी आवाजलाई निस्तेज बनाएको आरोप खेपिरहेका अर्दोगानको सत्ता थप पाँच वर्ष लम्बिने निश्चित भएको छ ।
सन् २०१६ को जुलाईमा गरिएको असफल सैन्य कू पछि टर्कीमा संकटकालीन अवस्था जारी रहेको छ ।
यो निर्वाचन सन् २०१९ मा हुनुपर्ने भए पनि अर्दोगानले अगाडि नै गराएका हुन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्