५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


युरोपेली युनियनले लगायो अमेरिकी सामानमा कर


0
Shares

काठमाडौं, असार ८ । युरोपेली युनियनले आफूकहाँ भित्रिने अमेरिकी सामानमा कर लगाएको छ ।

ईयुले प्रत्येक अमेरिकी सामानमा २ दशमलव ८ अर्व युरो बराबरको कर कार्यान्वयनमा ल्याएको हो । अब ईयुको कर अधिकांश अमेरिकी उत्पादनमा लागू हुने छ ।

ईयुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलको ब्यापार नीतिको प्रतिक्रिया स्वरुप यो कदम चालेको हो ।

स्टील आयातमा २५ प्रतिशत र आलमुनियममा १० प्रतिशत कर लगाउने ट्रम्प प्रशासनको कदमले बिश्व ब्यापार युद्ध हुने खतरा बढाएको छ ।

यसैबीच भारतले पनि अमेरिकाबाट आयत हुने कृषिजन्य बस्तु, स्टील र फलामसहितका २९ प्रकारका वस्तुमा कर बढाउने निर्णय गरेको छ । (एजेन्सी)