
वासिंटन, असार ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले आप्रवासीबाट पीडित परिवारका सदस्यहरुसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति ट्रम्पले अवैध आप्रवासीबाट पीडित परिवारका सदस्यलाई ह्वाइट हाउसमा बोलाएर भेटवार्ता गरेका हुन् ।
उनले एन्जल फेमिलिज नामक एक समूहलाई ह्वाइट हाउसमा बोलाएर आप्रवासीबाट पीडित परिवारका सदस्यको बलिदानी खेर जान नदिने बताए ।
उनले अवैध आप्रवासीबाट मारिएका परिवारका सदस्यहरुलाई उनीहरुले सहेको पीडा व्यर्थ जान नदिने प्रतिबद्धता जनाए ।
अब आप्रवासीबाट योभन्दा बढी नराम्रो हुन नदिने दृढतासमेत उनले व्यक्त गरे । कार्यक्रममा सहभागी हुन आएका परिवारका सदस्यहरुको साथमा आफू सधैं रहने प्रतिबद्धता पनि उनले जनाए ।
आप्रवासी नीतिलाई निकै कडाइ गरेका ट्रम्पले चर्को विरोधपछि आप्रवासी बालबालिकालाई उनीहरुका परिवारसँगै बस्न दिने निर्णय गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्