टर्की, असार २५ । टर्कीको उत्तर–पश्चिम क्षेत्रमा आइतबार एउटा रेल दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७० भन्दा बढी यात्रु घाइते भएका छन् । टर्कीको सरकारी टेलिभिजन च्यानलका अनुसार बुल्गेरियाको सीमाना नजिकै कापिकुल सहरबाट इस्तानबुलतर्फ गइरहेको रेल दुर्घटना भएको हो । रेलको ६ वटा डिब्बा लिकबाट उछिट्टिएको उक्त टेलिभिजनले जनाएको…