२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024


युरोपेली संघबाट बाहिरिएपछि बेलायती प्रधानमन्त्रीले जुटाइन आन्तरिक सहमति


0
Shares

काठमाडौं, असार २३ । बेलायती प्रधानमन्त्री टेरिजा मे ले युरोपेली संघबाट बेलायत बाहिरिएपछिको भावी सम्बन्धका विषयमा आन्तरिक सहमति जुटाएकी छिन् ।

प्रधानमन्त्री मे ले आफ्ना मन्त्रीहरुसँग १२ घण्टा लामो सघन छलफलपछि ईयुसँगको भावी सम्बन्धबारेमा आन्तरिक सहमति जुटाएकी हुन ।

सहमतिले बेलायत र इयुबीचको मालसामानको स्वतन्त्र व्यापारलाई निरन्तरता दिनुपर्ने प्रस्ताव गरेको छ ।

तर अहिलेको जस्तो स्वतन्त्र रूपमा हुँदै आएको मानिसको आवतजावतलाई अन्त्य गरिने त्यसमा उल्लेख छ ।

अबको करिब ९ महिनापछि बेलायत औपचारिक रूपमा इयुबाट बाहिरिँदै छ ।

यस्तोमा भावी मार्गचित्रबाट आफ्नो विभाजित मन्त्रिपरिषद्मा सहमति कायम गराएको प्रधानमन्त्री मेले बताइन ।

यो सहमतिसँगै प्रधानमन्त्री मेले बहिर्गमनबारे कडा धारणा राख्ने आफ्नै कन्जरभेटिभ पार्टीका नेता र इयुका बाँकी २७ सदस्य राष्ट्रहरूलाई मनाउन प्रयत्न गर्नुपर्ने हुन्छ । 

प्रधानमन्त्री मेले आन्तरिक सहमतिले युरोपेली संघसँगको वार्ताका लागि थप महत्वपूर्ण कदम हुने बताएकी छिन् ।

यसले बेलायती जनताको सुरक्षा र समृद्धि प्रत्याभूति गर्ने दाबी उनले दावी गरिन ।

यसैबीच इयुका प्रमुख वार्ताकार माइकल बर्निएरले बेलायतको प्रस्ताव काम लाग्ने र व्यवहारिक भए वा नभएकोबारे आफूले मूल्यांकन गर्ने धारणा सार्वजनिक गरेका छन् । (एजेन्सी)