
बैंकक, असार २४ । थाइल्याण्डको उत्तरी यिचाङ राइस्थित थाम लुङ गुफामा दुई हप्तादेखि फसिरहेका १२ स्कुले विद्यार्थी र उनीहरुको फुटबल कोचलाई बाहिर निकाल्ने जोखिमपूर्ण अभियान शुरु गरिएको छ ।
आइतबार उद्धारकर्ताले चार बालकलाई गुफाबाट सकुशल बाहिर निकालेका छन् ।
उद्धारकर्ताहरुले आइतबार जलस्तर बढ्ने आशंकालाई ध्यानमा राख्दै उनीहरुलाई गुफाबाट बाहिर निकाल्ने फैसला गरेका हुन् । शारीरिक र मानसिक रुपमा स्वस्थ ती बच्चाहरु चुनौती सामना गर्न तयार रहेको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय समय अनुसार बिहान १० बजे १८ जना गोताखोरको टोली गुफा भित्र पठाइएको थियो । ती गोताखोरले पानी भरिएको साँघुरो गुफाभित्रबाट ती बालकलाई बाहिर निकाल्न मद्दत गरिरहेका छन् ।
बालकहरुलाई अलग अलग समूह बनाएर उद्धारकर्ताले बाहिर निकाल्न प्रयास गरेका हुन् ।
सबैलाई बाहिर निकाल्न कति समय लाग्छ भन्ने प्रष्ट भइरहेको छैन । एक अधिकारीका अनुसार सबैलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ ।
गुफाबाट बाहिर निकालिएका बालकलाई अस्पताल लगिएको छ । गुफाबाट बाहिर निकाल्ने क्रममा सबैभन्दा कमजोर स्वास्थ्य अवस्था भएका बालकलाई प्राथमिकतामा राखिएको छ । गुफाभित्र शनिबार चिकित्सकले उनीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
मनसुनको समय शुरु भइसकेको र पानीको सतह थप बढ्ने अनुमानका कारण यही समय उपयुक्त ठानेर बचाउ अभियान शुरु गरिएको अधिकारीहरुको भनाइ छ । गुफामा पानीको स्तर पहिला भन्दा निकै भएको बताइएको छ । गुफाबाट १२ दशमलब ८ करोड लिटर पानी बाहिर निकालिएको छ ।
पछिल्लो केही दिन यता पानी निकाल्ने इञ्जिन २४ सै घण्टा चलाइएको छ । बच्चाहरु निकाल्ने अभियान शुरु गर्नु अघि गुफाको प्रवेशद्वारबाट अनावश्यक मानिसहरुलाई हटाइएको छ ।
बच्चाहरु गत जुन २३ गते साँझ आफ्ना फुटबल प्रशिक्षकसँग गुफा हेर्न गएका थिए । तर बाढीको पानीका कारण बाहिर निस्कन नसकेपछि उनीहरु गुफाको प्रवेशद्वारबाट करिब ४ किलोमिटर भित्र र एक किलोमिटर तल फसेका थिए ।
नौ दिनपछि उनीहरुलाई गोताखोरले फेला पारेका थिए । उनीहरुलाई त्यहीं खाना, पानी, औषधी र अक्सिजन पु¥याइएको छ ।
अत्यन्त खतरनाक यो ठाउँमा अक्सिन पु¥याएर फर्कदा शुक्रबार मात्र एक जना गोताखोरको अक्सिजनको अभावका कारण मृत्यु भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्