अर्जेन्टिनाको २३ सदस्यीय टोलीमा परेका रोमेरोले घुँडाको चोटका कारण विश्वकप गुमाउने अर्जेन्टिना फुटबल संघले जनाएको छ । विश्वकपका छनोट चरणका खेलहरुमा पहिलो रोजाइकारुपमा रहेका रोमेरोले यो सिजन म्यानचेस्टर युनाइटेडबाट १० खेलमामात्र अवसर पाए । सन् २०१४ मा अर्जेन्टिनाले विश्वकपमा दोस्रो स्थान हासिल गर्दा रोमेरो टोलीको महत्वपूर्ण सदस्य थिए । छनोट चरणमा ब्राजिल र उरुग्वेभन्दा तल…