२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विश्वकपका लागि अर्जेन्टिनाबाट कप्तान बने मेस्सी, यस्तो छ टिम


0
Shares

काठमाडौं, जेठ ७ । उपाधि दावेदार अर्जेन्टिनाले विश्वकप फुटबलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ ।

प्रशिक्षक योर्गे साम्पाओलीले सार्वजनिक गरेको टोलीमा स्टार खेलाडी लियोनल मेस्सीलाई कप्तान बनाइएको छ । टोलीमा इङ्लिस प्रिमियर लिग खेल्ने ६ खेलाडी रहेका छन् ।

मेस्सीसँगै सर्जीयो अगुएरो, पाउले डिबाला र गोन्जालो हिगुवान फरवार्ड रहेको अर्जेन्टिनाको टोलीमा माउरो इकार्डी भने परेका छैनन् ।

घोषित अर्जेन्टाईनी टोलीका अन्य स्टार खेलाडीमा सर्जीयो रोमेरो, निकोलास आटामेण्डी, एभर बानेगा, एन्जल डि मारियालगायतका छन् ।

विश्वकप फुटबलको समूह डि मा रहेको अर्जेन्टिनाले जुन १६ मा आईसल्याण्ड विरुद्ध पहिलो खेल खेल्नेछ । सो समुहमा नाईजेरिया र क्रोएसिया पनि रहेका छन् ।