
आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटीलगायतले स्वागत गरे ।
लामिछानेले आइपीएलबाट आफूले धेरै कुरा सिकेको भन्दै त्यो कुरालाई नेपाली क्रिकेटमा लागू गर्ने बताए ।
उनले आइपीएलमा नेपाललाई चिनाउने मौका पाएको भन्दै बलिङमा थप सुधार भएकोे धारणा व्यक्त गरे ।
लामिछानेले अन्तिम तीन खेल खेल्ने मौका पाएका थिए । उनले खेलेका तीन खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै कुल ५ विकेट झारेका थिए ।
उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्