अर्जेन्टिनालाई झड्का ! गोलकिपर रोमेरोले विश्वकप गुमाउने • Image Khabar Image Khabar


अर्जेन्टिनालाई झड्का ! गोलकिपर रोमेरोले विश्वकप गुमाउने


Imagekhabar
९ जेष्ठ २०७५, बुधबार १८:५३

अर्जेन्टिनालाई झड्का ! गोलकिपर रोमेरोले विश्वकप गुमाउने

अर्जेन्टिनाको २३ सदस्यीय टोलीमा परेका रोमेरोले घुँडाको चोटका कारण विश्वकप गुमाउने अर्जेन्टिना फुटबल संघले जनाएको छ ।

विश्वकपका छनोट चरणका खेलहरुमा पहिलो रोजाइकारुपमा रहेका रोमेरोले यो सिजन म्यानचेस्टर युनाइटेडबाट १० खेलमामात्र अवसर पाए ।

सन् २०१४ मा अर्जेन्टिनाले विश्वकपमा दोस्रो स्थान हासिल गर्दा रोमेरो टोलीको महत्वपूर्ण सदस्य थिए ।

छनोट चरणमा ब्राजिल र उरुग्वेभन्दा तल रहँदै विश्वकपमा स्थान बनाएको अर्जेन्टिना रहेको समूह ‘डी’मा आइसल्यान्ड, क्रोएसिया र नाइजेरिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्