काठमाडौं, भदौ १८ । बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेबापतको पुरस्कार नेपालले पाउन सकेको छैन । नेपालले २०७२ साल माघमा बंगलादेशमा सम्पन्न बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो । उक्त प्रतियोगितामा नेपालले फाइनलमा बहराइनलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो । पाँचौं संस्करणको खेलतालिका सार्वजनिक गरिँदासमेत…