
काठमाडौं, कात्तिक २० । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा हडर्सफिल्ड टाउन विजयी भएको छ ।
घरेलु मैदानमा भएको खेलमा हडर्सफिल्डले फूलहामलाई १–० ले हराएको हो । खेलको २९ औं मिनेटमा फूलहामका फोसु मेनसाहले आत्मघाती गोल गरेपछि सोही गोलको मद्दतले हडर्सफिल्ड विजयी भएको हो ।
प्रिमियर लिगको यो सिजनमा हडर्सफिल्डको यो पहिलो जित हो । ११ औं खेलमा आएर उसले सिजनको पहिलो जित निकालेको हो । उसको ११ खेलबाट ६ अंक भएको छ र लिग अंक तालिकामा १८ औं स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्