काठमाडौं, भदौ १३ । एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत् बुधबार पहिलो खेलमा नेपाल ओमनसँग ७ विकेटले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमनले ४८ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । ओमनका लागि खवार अलीले अविजित ८४ रन बनाए । उनले ९६ बल खेल्दै ४…