६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


चितवन राइनोजको लगातार दोस्रो जित, काठमाडौं १३ रनले पराजित


0
Shares

काठमाडौं, कात्तिक १५ । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित हासिल गरेको छ ।

बिहीबार पोखरा रंगशालामा भएको खेलमा चितवनले हुलास काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्‍यो ।

खेलमा चितवनले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १३६ रनमात्रै बनाउन सक्यो ।

काठमाडौंका लागि भारतीय खेलाडी गौरव तोमरले ३९ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले ३० रनको योगदान दिए ।

बलिङतर्फ चितवनका करण केसीले ३ तथा कप्तान पारस खड्काले २ विकेट लिए ।

यसअघि, खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको चितवनले निर्धारित् २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

उसका लागि हरिशंकर साहले ६० रन जोड्दा स्मिथ पटेलले ३१ रनको योगदान दिए । पारसले १४ र सन्नी पटेलले १३ रन जोडे ।

बलिङतर्फ काठमाडौंका बसन्त रेग्मीले २ विकेट लिए ।

पीपीएल क्रिकेटमा पारस खड्का नेतृत्वको चितवन राइनोजको चार खेलमा यो दोस्रो जित हो । ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौंको भने तीन खेलमा यो पहिलो हार हो ।