
पाँचथर, कात्तिक १३ । आयोजक कुम्मायक स्पोर्टिङ क्लब पाँचथरको कुम्मायक गाउँपालिकामा जारी दोस्रो कुम्मायक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार पृथ्वी माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा फालेलुङ स्पोर्टिङ क्लबलाई २–० ले हराउँदै कुम्मायक उपाधिनजिक पुगेको हो ।
कुम्मायकको जितमा खेलको २५औं मिनटेमा सुरेस मिफोक र ५९औं मिनेटमा शक्ति लावतीले एक/एक गोल गरे ।
बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा फिदिम स्पोर्टिङ क्लब र हिलिहाङ स्पोर्टिङ क्लब भिड्नेछन् ।
प्रतियोगिताको विजेताले एक लाख ११ हजार र उपविजेताले ५५ हजार ५०० रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्