२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपाल–अफगानिस्तानबीचको मैत्रीपूर्ण खेल रद्द


0
Shares

काठमाडौं, कात्तिक १४ । अफगानिस्तानसँग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय गरेको थियो ।

तर, अन्तिम समयमा आएर अफगानिस्तानले नेपालसँगको मैत्रीपूर्ण खेलमा सहभागिता नजनाउने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

‘प्राविधिक कारणले उनीहरुले नेपालसँगको खेल रद्द गरेको जानकारी एन्फालाई दिएका छन् । थप कुरा बुझ्ने काम भइरहेको छ’–उनले भने ।

एन्फाले राष्ट्रिय फुटबल टोलीलाई वर्षभरि व्यस्त राख्न भन्दै विभिन्न देशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तालिका यसअघि सार्वजनिक गरेको थियो । रासस