काठमाडौं, असार १९ । जापानलाई पाखा लगाउँदै बेल्जियम विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रुसको रोस्तोभ एरिनामा गएराति भएको प्रतिस्पर्धात्मक खेलमा बेल्जियम ३-२ ले विजयी भयो । खेलमा अग्रता भने जापानले लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुमै जापानले अग्रता लिएको हो । ४८ औं मिनेटमा गेन्की हारागुचीले टोलीका…