काठमाडौं, कात्तिक २५ । चौथो राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता आगामी पुस १ गतेदेखि हुने भएको छ । नेपाल भलिबल संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा पोखरा रंगशालामा हुने प्रतियोगितामा तीन विभागीयसहित विभिन्न ८ टोलीले सहभागिता जनाउँदैछन् । ८ टोलीमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस…