बिराज रोस्यारा (इमेज) कैलाली, कात्तिक २९ । सरस्वती मावि गेटा, कैलालीले निस्ट स्कुल भक्तपुरलाई ६ विकेटले पराजित गरेको छ । धनगढीमा जारी तेस्रो निस्ट लिटल फ्लावर प्रिमियर लिग टी–२० क्रिकेटअन्तर्गत् बिहीबार भएको पहिलो खेलमा सरस्वती विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको निस्ट स्कुलले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन जोडेको थियो…