२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


लिभरपुल र टोटनह्याम च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा


0
Shares

काठमाडौं । इङ्लिस क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपर तथा फ्रान्सको पि.एज.जी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् ।

गएराति भएको समूह चरणको अन्तिम खेलमा लिभरपुलले फ्रान्सको नापोलीलाई १–० ले हरायो ।

यही समूहको अर्को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) ले सर्वियाको रेडस्टार बेलग्रेडलाई ४–१ ले पाखा लगायो ।

यो समूहबाट ११ अंकसहित पिएसजी तथा ९ अंकसहित लिभरपुल नकआउट चरणमा प्रवेश गरे ।

गएराति भएको अर्को खेलमा बार्सिलोनासँग १–१ गोलको बराबरी खेल्दै टोटनह्याम हट्सपर पनि नकआउट चरणमा उक्लिएको छ ।

यो समुहबाट बार्सीलोना यसअघि नैं समुह विजेताको रुपमा अन्तिम १६ मा पुगिसकेको थियो ।

गएराती भएको समूहको अर्को खेलमा ईटालीको ईन्टर मिलान र नेदरल्याण्ड्सको पि.एस.भी. आईन्डोभनले १–१ गोलको बराबरी खेलेका छन् ।

युएफा च्याम्पियन्स लिगकै अर्को खेलमा जर्मनीको बोरुसीया डर्टमण्डले फ्रान्सको मोनाकोलाई २–० ले हराउँदा स्पेनको एथ्लेटिको मड्रिड र बेल्जियमको क्लब ब्रुजले गोलरहीत बराबरी खेले ।

यसैगरी समुह ‘डि’ को खेलमा पोर्चुगलको एफ.सी पोर्टोले टर्कीको गालातासारेलाई ३–२ ले हराउँदा जर्मनीको शाल्काले रुसको लोकोमोटिभ मस्कोलाई १–० ले हराएको छ ।

च्याम्पियन्स लिग फुटबलको समुह चरणका बाँकी ८ खेल आज राती हुनेछन् । आजका खेलहरुपछि नकआउट चरणमा पुग्ने सबै १६ वटा टोलीको टुंगो लाग्नेछ ।