काठमाडौं, कात्तिक १८ । हुलास काठमाडौं रोयल्सलाई हराउँदै चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंलाई पारस खड्का नेतृत्वको चितवनले ६ विकेटले पराजित गर्यो । खेलमा काठमाडौंले दिएको ९५ रनको सामान्य लक्ष्य चितवनले १८ ओभर २ बलमा ४ विकेट गुमाएर…