फ्रान्ससँग पराजित भए लगत्तै अर्जेन्टिनाका मास्चेरानोले लिए सन्यास • Image Khabar Image Khabar


फ्रान्ससँग पराजित भए लगत्तै अर्जेन्टिनाका मास्चेरानोले लिए सन्यास


Imagekhabar
१६ असार २०७५, शनिबार २२:१५

फ्रान्ससँग पराजित भए लगत्तै अर्जेन्टिनाका मास्चेरानोले लिए सन्यास

काठमाडौं, असार १७ । फ्रान्ससँग पराजित भए लगत्तै अर्जेन्टिनी खेलाडी हेभियर मास्चेरानोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

१४७ पटक अर्जेन्टिनाको प्रतिनिधित्व गरिसकेका ३४ वर्षीय खेलाडीले खेल सकिएको सिट्ठी रेफ्रीले बजाएसँगै यस्तो घोषणा गरेका हुन् ।

यो वर्षको सुरुमा बार्सिलोना छाडेका उनले अहिले चाइनिज सुपर लिग खेलिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्