आयोजक रुस विश्वकप फुटबलको क्वारटफाइनलमा प्रवेश, स्पेन स्तब्ध • Image Khabar Image Khabar


आयोजक रुस विश्वकप फुटबलको क्वारटफाइनलमा प्रवेश, स्पेन स्तब्ध


Imagekhabar
१७ असार २०७५, आईतवार १९:३९

आयोजक रुस विश्वकप फुटबलको क्वारटफाइनलमा प्रवेश, स्पेन स्तब्ध

काठमाडौं, असार १८ । आयोजक रुस र क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएका प्रि क्वाटरफाइनल खेलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई टाईबे्रकरमा पाखा लगाउँदै रुस र क्रोएसियाले क्वाटरफाइनलमा ठाउँ पक्का गरेका हुन् ।

उपाधि दावेदारमध्येको एक स्पेनलाई घर फर्काउँदै आयोजक रुस विश्वकप फुटबल २०१८ को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

रुसको राजधानी मस्कोस्थित लुझ्निकी स्टेडियममा भएको प्रि क्वाटरफाइनलमा रुस टाईब्रेकरमा विजयी भयो । खेलको १२ औं मिनेटमै स्पेनले अग्रता लियो ।

मार्को असेन्सियोको फ्रि किक प्रहार रुसी डिफेन्डर सर्गेई ईग्नासेभिचको खुट्टामा ठोक्किँदै जाली चुम्न पुगेपछि स्पेनले अग्रता लिएको हो ।

पहिलो हाफको अन्त्यतिर रुसले खेल बराबरी ग¥यो । स्पेनका जेरार्ड पिकेले डि एरियाभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई रुसी खेलाडी आर्तेम जुबाले गोलमा परिणत गरेका हुन् ।

दोस्रो हाफमा स्पेनले अधिकतम समय बलमा नियन्त्रण कायम गरे पनि गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाईब्रकेरमा पुग्यो ।

टाई ब्रेकरमा स्पेनका दुई खेलाडी कोके र ईयागो आसपासको प्रहार रुसी गोलरक्षक ईगोर आकिनफेभले रोकेपछि रुस ४-३ ले विजयी भएको हो ।

जितसँगै रुस प्रतियोगिताको क्वाटरफाइनलमा पुग्दा सन् २०१० को विश्वकप विजेता स्पेन राउन्ड अफ सिक्सटिनबाटै घर फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्