काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिड पराजित हुँदा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियाल मड्रिडलाई आइबारले ३–० ले पाखा लगायो । घरेलु मैदानमा आइबारलाई जित दिलाउन गोन्जालो स्कालान्ते, सर्जी एन्रीच र किकेले एक–एक गोल गरे । हारसँगै रियाल मड्रिड थप दबाबमा आएको छ । ला लिगाअन्तर्गत गएराति भएको अर्को खेलमा बार्सिलोना…