काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदैछ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाईज प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज दिउँसो १ बजे सुरु हुने…