इलाम, चैत ५ । पाँचौं संस्करणको माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनी क्लब दाउफिन्सले जितेको छ । मंगलबार फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–० ले पराजित गर्दै दाउफिन्सले उपाधि जितेको हो । इलामको ठूलो टुँडिखेलमा भएको खेलमा दाउफिन्सका यान्निक ओवाना र पेटेङले मध्यान्तरअघि नै गोल गरेका थिए । उपाधिसँगै दाउफिन्सले ७ लाख रुपैयाँ पुरस्कार जित्दा…