काभ्रे, चैत ३ । काभ्रेको धुलिखेलस्थित थाक्लेभन्ज्याङमा साहसिक पर्यटकीय खेल ‘जिपलाइन’ सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न अघिल्लो महिनाबाट सुरु गरिएको यो नौलो खेल खेल्न पुग्नेहरुको संख्या दिन–प्रतिदिन बढिरहेको छ । साहसिक खेलकारुपमा लिइने जिपलाइनमा धुलिखेलस्थित थाक्लेभन्ज्याङबाट पाँचखालसम्म पुग्न डोरीमार्फत् एक हजार १०० मिटरको दूरी पार गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।…