१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


चन्द्रकलाको अर्को राष्ट्रिय कीर्तिमान


0
Shares

नेपालगन्ज, वैशाख ६ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश नम्बर–५ मा जारी रहेको छ ।

शुक्रबार दाङको बेलझुन्डीमा भएको महिला ज्याभलिन थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितेकी छन् ।

उनले ४४.०५ मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । उनले आफ्नै नाममा रहेको ४३.९४ मिटरको कीर्तिमान भंग गरेकी हुन् ।

राष्ट्रिय कीर्तिमान बनाएसँगै चन्द्रकलाले थप २५ हजार रुपैयाँ पाउनेछिन् ।

चन्द्रकलाको यो लगातार दोस्रो राष्ट्रिय कीर्तिमान हो । उनले बिहीबार महिला सटपुटमा कीर्तिमानसहित स्वर्णपदक जितेकी थिइन् ।