९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


आईपीएलः हैदरावादलाई पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लियो


0
Shares

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराईजर्स हैदरावादलाई पराजित गर्दै चेन्नई सुपर किङ्स पुनः शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार भएको खेलमा चेन्नइले हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईस्थित चिदामबराम स्टेडियममा हैदरावादले दिएको १७६ रनको लक्ष्य चेन्नईले १९ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर भेट्टायो ।

चेन्नईका लागि शेन वाट्सनले ९६ रनको अर्धशतकीय इनिङ्स खेले । वाट्सनले ५३ बलमा ९ चौका र छक्का प्रहार गरे । यस्तै सुरेश रैनाले ३८ रन जोड्दा अम्बाती रायडुले २१ रन बनाए ।

हैदरावादका राशिद खान, भुवनेश्वर कुमार र सन्दीप शर्माले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

हैदरावादका लागि मनिस पाण्डे र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । पाण्डेले अविजित ८३ रनको योगदान दिए । वार्नर ५७ रनमा आउट भए । विजय शंकरले २६ रन बनाए ।

चेन्नईका हर्बजन सिंहले २ तथा दिपक चाहरले १ विकेट लिए । जितसंगै चेन्नईले ११ खेलबाट १६ अंक जोडेको छ ।

र, दिल्ली क्यापिटल्सलाई २ अंकले पछि पार्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको छ ।