१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


म्यानचेष्टर डर्बीमा सिटी हावी, युनाइटेडको लक्ष्यमा धक्का


0
Shares

काठमाडौं, वैशाख १२ । इंग्लिस प्रिमियर लिग फुटबलको म्यानचेष्टर डर्बीमा सिटीले जित निकालेको छ ।

गएराति भएको खेलमा म्यानचेष्टर सिटीले शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाईटेडलाई २–० गोल अन्तरले हराएको हो । जितसँगै सिटीले तालिकाको शीर्ष स्थानमा पुनरागमन गरेको छ । युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा ५४ औ मिनेटमा बर्नार्डो शिल्भाले सिटीलाई अग्रता दिलाएका थिए । लिरो सानेले ६६ औ मिनेटमा गोल गर्दै सिटीको जित सुनिश्चित गरेका थिए ।

जितपछि सिटीले ८९ अंकसहित तालिकाको शीर्ष स्थानलाई मजबुद बनाएको छ । लिभरपुल ८८ अंकसहित तेस्रो स्थानमा धलेकिएको छ । छैटौं स्थानमा रहेको युनाईटेडको ६४ अंक भएको छ । पछिल्लो हारले च्याम्पियन्स लिगमा छनोट हुने युनाईटेडको लक्ष्यमा गम्भिर धक्का लागेको छ ।