१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


फ्रेन्ड्ससित बराबरी, आर्मीले दोस्रो स्थानमा उक्लिने अवसर गुमायो


0
Shares

काठमाडौं, मंसिर २० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मी र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका हुन् ।

बराबरीपछि आर्मीले लिग तालिकाको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ ।

खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै फ्रेन्ड्सका देव लिम्बूले १० हजार रुपैयाँ पुरस्कार पाए ।

लिगमा ६ खेलबाट १४ अंक जोडेको आर्मी तालिकाको चौथो स्थानमा छ । समान खेलबाट १८ अंक जोडेको मनाङ–मर्स्याङ्दी क्लब शीर्ष स्थानमा रहँदा १५ अंकका साथ थ्रीस्टार क्लब दोस्रो तथा समान १५ अंक जोडेको संकटा क्लब गोलअन्तरका आधारमा तेस्रो स्थानमा रहेको छ ।