काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यस्तताले तेस्रो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको मिति प्रभावित हुने भएको छ । सुदूरपश्चिम प्रदेशको धनगढीमा आगामी माघ १९ गतेदेखि हुने तय भएको प्रतियोगिता कम्तिमा एक साता पर धकेलिने देखिएको हो । नेपाली राष्ट्रिय क्रिकेट टिम अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खलाका लागि युएई जाने भएपछि डीपीएलको मिति प्रभावित हुने भएको…