१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


ए डिभिजन लिग : १० औं चरणका खेल समाप्त, मनाङको अपराजित यात्रा कायमै


0
Shares

काठमाडौं, पुस ८ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबको शतप्रतिशत नतिजा कायमै छ ।

लिगको दशौं खेलमा बलियो टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो । पुलिस १–० ले पराजित भयो ।

एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा मनाङका लागि ५२ औं मिनेटमा एड्लाजा सोमिदेले निर्णायक गोल गरेका हुन् । 

यसअघि बिहान भएको खेलमा सशस्त्र प्रहरीको एपिएफले त्रिभुवन आर्मी क्लबलाई २÷१ ले पराजित ग¥यो । सशस्त्रलाई जिताउन दुवै गोल आशिष लामाले गरे । आर्मीका नवयुग श्रेष्ठले सान्त्वना गोल गरे । 

योसँगै १० औं चरणका खेल पनि सकिएका छन् । शतप्रतिशत नतिजासहित मनाङले ३० अंक बटुल्दा दोस्रो स्थानको संकटा क्लबको २५ अंक छ । तेस्रो स्थानको थ्रीस्टार क्लबको २३ अंकमात्र हुँदा चौथो स्थानको आर्मीको १८ अंक छ ।

पछिल्लो समय सम्हालिँदै आएको सशस्त्र १६ अंकबाट पाँचौं स्थानमा पुगेको छ ।