काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराईजर्स हैदरावादलाई पराजित गर्दै चेन्नई सुपर किङ्स पुनः शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा चेन्नइले हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईस्थित चिदामबराम स्टेडियममा हैदरावादले दिएको १७६ रनको लक्ष्य चेन्नईले १९ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर भेट्टायो…