२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


एपीएफद्वारा त्रिभुवन आर्मी पराजित


0
Shares

काठमाडौं, पुस ८ । शहिद स्मारक ए डिभिजन लिगमा सशस्त्र प्रहरीको एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

लिगको दशौँ चरणको खेलमा एपीएफले आर्मीलाई २–१ ले पराजित गरेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफलाई जिताउन आशिष लामाले दुवै गोल गरे ।

आर्मीका नवयुग श्रेष्ठले हेडिङ गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यो सफल हुन सकेन । दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गर्दै एपीएफले जित निकालेको हो ।

आर्मीले पहिलो हाफमा एपीएफलाई दबाबमा राखे पनि गोल गर्न सकेन ।

जितसँगै एपीएफले १० खेलबाट १६ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । आर्मी १८ अंकसहित चौथो स्थानमा यथावत छ ।