पोखरा । थ्रीस्टार क्लब पोखरामा जारी १७ औं आहा रारा गोल्कडपको फाइनल प्रवेश गरेको छ । टाइब्रेकरमा एपीएफ क्लबलाई ४–२ को गोल अन्तरले हराउँदै थ्रीस्टार उपाधि नजिक पुगेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिएको थियो । खेलमा थ्रीस्टारका अनन्त तामाङ म्यान अफ दी म्याच घोषित भए ।…