
काठमाडौं, फागुन १५ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले कार्डिफ सिटीलाई ३–० ले हराएको छ । गएराति कार्डिफको मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन जिल्फी सिगुर्डसनले दुई गोल गर्दा डोमिनिक काल्भर्ट लेविनले एक गोल थपे ।
प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा लेष्टर सिटले ब्राईटनलाई २–१ ले हराउँदा न्यूकासल युनाईटेडले बर्नलेमाथि २–० को जित निकाल्यो । गएराति नै हडर्सफिल्ड टाउनले वुल्भरह्याम्पटन वान्डरर्समाथि १–० को कठिन जित निकाल्यो ।
प्रिमियर लिग फुटबलमा आज राति ६ खेल हुनेछन् । शीर्ष स्थानको लिभरपुलले वाट्फोर्डसँग खेल्दा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडसँग खेल्नेछ ।
यसैगरी चेल्सी र टोटनह्याम हट्सपर, आर्सनल र बर्नमाउथ, म्यान्चेस्टर युनाईटेड र क्रिष्टल प्यालेस तथा साउथह्याम्पटन र फुल्हाम भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्