२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


नेपालमा अब एउटामात्र कराँते संघ


0
Shares

काठमाडौं, फागुन १४ । नेपालमा अब एउटामात्र कराँते संघ हुने भएको छ ।

पुरेन्द्रविक्रम लाखे नेतृत्वको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यताप्राप्त नेपाल कराँते महासंघ अस्तित्वमा हुँदाहुँदै ७ वर्षअघि तत्कालीन राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव युवराज लामाले राष्ट्रिय मान्यताप्राप्त भन्दै आफ्नो संरक्षकत्व तथा दावा गुरुङको अध्यक्षतामा नेपाल कराँते महासंघ दर्ता गरेका थिए ।

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको विवाद समाधान समस्या सहजीकरण समितिले अस्तित्वमा रहेका दुवै कराँते संघलाई नयाँ निर्वाचनमार्फत् विवाद समाधान गर्न सहमत गराएको हो ।

दुवै अध्यक्षले अन्तर्राष्ट्रियस्तरमा पदकको आशा राख्ने कराँते फुट्दा घाटा भएको भन्दै एक गर्न सहमति जनाएका हुन् ।

सोअनुसार बुधबार तदर्थ कमिटी सार्वजनिक गरी त्यसलाई तीन महिनाभित्र निर्वाचन गराउने ‘म्यान्डेट’ दिइनेछ ।

सहमतिअनुसार शम्भु आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिटी गठन भएको छ ।

समितिको सहसंयोजकमा दावा लामा, उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे र महासचिवमा हरिचरण केसी रहेका छन् ।

मन्त्रालयले विभिन्न संघहरुको विवाद समाधानका लागि गत मंसिर १७ गते राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा एक समिति गठन गरेको थियो ।

यसअघि, गएको माघ ९ गते जिम्न्यास्टिक संघको पुनर्गठन भएको छ भने तेक्वान्दो र उसु प्रतिक्षारत छन् ।