काठमाडौं । युरोकप फुटबलको छनोट खेलमा टर्कीले फ्रान्सलाई हराएको छ । टर्कीको कोन्या शहरमा गएराति भएको खेलमा घरेलु टोलीले विश्व विजेता फ्रान्सलाई २–० ले पाखा लगायो । फ्रान्सविरुद्धको कठिन खेलमा टर्कीलाई विजयी गराउन कान ऐहान र सेन्गिज अन्डरले एक/एक गोल गरे । जितपछि टर्कीले समूह एच मा तीन खेलबाट ९ अंक जोड्दा फ्रान्सको ६ अंक…