काठमाडौं, जेठ ३० । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारत र न्यूजिल्यान्डबीचको खेल वर्षाले रद्द भएको छ । नटिङ्घमस्थित ट्रेन्ट ब्रिज रंगशालामा बिहीबार बिहानैदेखि वर्षा भएपछि खेल अन्तिम समयमा रद्द भएको घोषणा गरिएको हो । खेलमा टसको निर्णयसमेत हुन सकेन । खेल रद्द हुँदा दुवै टिमले एक/एक अंक पाएका छन् । अहिलेसम्म जारी विश्वकपमा…