काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरान भिड्दै छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ५.१५ बजे खेल शुरु हुनेछ । लिगमा अपराजित रहेको नेपाल त्यसलाई निरन्तरता दिने प्रयासमा छ । शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेपछि नेपाली महिला टोलीको मनोबल उच्च बनेको छ ।…