काठमाडौं । नेपाल युएईमा आजदेखि सुरु भएको यु-१९ एसिया कपमा श्रीलंकासंग पराजित भएको छ ।
सारजाह क्रिकेट स्टेडियममा भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलंकासंग ५५ रनले पराजित भएको हो ।
श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलब २ ओभरमा १ सय ७८ रनमा समेटिएको हो ।
नेपालका लागि ओपनर मयनले ९१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६२ रन बनाएका थिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा २ सय ३३ रन बनाएको थियो ।
श्रीलंका अन्तिम बलमा अल आउट भएको थियो । श्रीलंकाका लागि शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन जोडेका थिए । नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशसंग खेल्ने छ । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानको सामना गर्नेछ ।
प्रतियोगितामा एसियाका आठ देशले सहभागिता जनाएका छन् । समुह ए मा भारत, पाकिस्तान, जापान र युएई छन्भने समुह बि मा नेपाल, श्रीलंका, बंगलादेश र अफ्गानिस्तान रहेका छन् । नेपालले आफ्नो दोस्रो खेलमा आइतवार बंगलादेशको सामना गर्नेछ भने समुहको तेस्रो तथा अन्तिम खेल मंगलवार अफ्गानिस्तानविरुद्ध हुनेछ । समुहका शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल डिसेम्बर ८ तारिखमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्