स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा छैटौं अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव सुरु भएको छ ।
सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार महोत्सवको उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले आगामी निर्वाचनसम्म यही गठबन्धन हुने दाबी गर्दै कसैले चाहँदैमा सरकार ढल्दैन भन्नुभयो । केही पार्टीहरुलाई सरकार छाड्न पर्दा निकै पीडा भएको भन्दै तिनीहरुले नै सरकार ढल्ने हल्ला चलाएको आरोप लगाउनुभयो ।
गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले पालिका तहबाटै खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरेको बताउनुभयो । तीन दिनसम्म सञ्चालन हुने खेल महोत्सवमा सात खेलका २२ विधामा खेलाइने छ भने खेलहरु मिर्मी र बेल्टारी खेल मैदानमा सञ्चालन हुनेछ । फुटबल, क्रिकेट, भलिबल, ब्याडमिण्टन, टेबुल टेनिस, दौड, बुद्धिचाल प्रतियोगितामा ६ सय ८६ खेलाडी सहभागी हुँदैछन् ।
प्रतिक्रिया दिनुहोस्